Tuesday, September 14, 2010

''गजल''

मर्न परे मर्छु बरु तिम्रो साथ छोड्दिन म
बिचैबाट हात छोडी यात्रा अन्त मोड्दिन म।

भनेको थें साथ दिन्छु मुटु भित्र बास दिन्छु
गरेका ति वाचाहरु कहिले पनि तोड्दिन म।

फूलहरु फुल्छ जहाँ काँडा पनि हुन्छ त्यहाँ
फूल छोडी काँडा मात्रै कहिलेपनि गोड्दिन म।

दुई मुटु एकै ठाउँमा गाँठो पारी राखेको छु 
जोडिएको मुटुलाई कहिले पनि फोड्दिन म।

अहिले टाढा भएपनि कुनै दिन त भेट होला
तिमीलाई पर्खी बस्छु अन्त नाता जोड्दिन म।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।