Sunday, September 25, 2011

''गजल''

सुवास श्रेष्ठ गोरखा

मन कहाँ भुल्थ्यो होला डुल्ने बाग नभए त
बाग भित्र कुनाकाप्चा खाली भाग नभए त।

बिनाकाम हुन्थ्यो होला हामी डुल्ने बागपनि
फूल अनि सुगन्धको मीठो राग नभए त।

महत्व नै के हुन्छ र राम्रा भन्ने कुरा पनि
बकुल्लाको बथानमा कालो काग नभए त।

राम्रा जति सबै हाम्रा भन्नेहरु के गर्नेथ्यो
त्यति राम्रो जून अझै कुनै दाग नभए त।

जिन्दगीमा द्यौतासँग क्यै माग्दिन भन्नेहरु
सधै किन भौतारिन्थे कुनै माग नभए त।

गैडा पनि अर्थ बिहिन् हुन्थ्यो होला सबैलाई
त्यो सिङमा बहुमुल्य त्यस्तो खाग नभए त।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।