Tuesday, September 20, 2011

''गजल''

सुवास श्रेष्ठ

हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि
चिता माथि लाश राखी आगोसँगै जल्नु अघि।

सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ
तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि।

बाध्यतामा अर्कैलाई अङ्गालेकी भन्छौ तिमी
कुनै अठोट गर्नु पर्थ्यो आफ्नो मन गल्नु अघि।

बा-आमाको वचन काट्न सक्दैनौ कि भनेर नै
सँगै भागौ भनेकोथेँ गाउँमा हल्ला चल्नु अघि।

किन अहिले बस्नु पर्थ्यो पश्चातापको भुमरीमा
सुन्थ्यो भने मेरो कुरा बिष वृक्ष फल्नु अघि।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।