Tuesday, October 11, 2011

''गजल''

घायलको तरही मुसायरा भाग-२०

मनका कुरा पारेर पोको सधै नै खुशी हौ
जिन्दगी सधै बनाई चोखो सधै नै खुशी हौ।

भेट्नु र छुट्नु यस्तै हो हेर जिन्दगी सबैको
त्यो तिम्रो पेट नराखी भोको सधै नै खुशी हौ।

जन्मेर यहाँ सबैले फेरी जानु त पर्छ नै
रहँदा सम्म पुर्र्याई धोको सधै नै खुशी हौ।

जिन्दगी भन्नु संघर्ष रैछ नहुनु निराश
नटुटे पनि नाम्लो र डोको सधै नै खुशी हौ।

खुशीमा खुशी थपेर तिम्रो मुहार हँसाउन
म बनि दिएँ बलीको बोको सधै नै खुशी हौ।

सुवास श्रेष्ठ

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।