Thursday, December 15, 2011

''गजल''

सुवास श्रेष्ठ

अचम्मै भो फूलपनि आज पत्थर सँग देख्दा
त्यो भन्दा नि अचम्म त अझ दुबै दंग देख्दा।

पत्थर पनि पग्लिएछ आजभोलि यो संसारमा
सबैलाई लोभ्याउने फूलको अंग अंग देख्दा।

यस्तो मिलन होला भन्ने सोच्नपनि छोडेकोथेँ
सधै भरि तिनीहरु दुई बिचको जङ्ग देख्दा।

थाहा पाएँ सौन्दर्यमा कति शक्ति हुन्छ भन्ने
तपष्याका ऋषि पनि आज ध्यान भङ्ग देख्दा।

त्यसैले त मान्छेहरु दु:ख पीडा सारा भुली
उनकै पछि लागेका छन् राम्रो रुप रङ्ग देख्दा।

कति मान्छे आरिसले जल्ने पनि गर्छन् होला
सबैलाई खुसी पार्न सक्ने फूलको ढङ्ग देख्दा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।