Monday, December 12, 2011

''गजल''

सुवास श्रेष्ठ

हुने भए तिमी सधै यो संसारमा अजम्बरी
दिने थिएँ यो जीवननै तिम्रो लागि सधैभरि।

कहिल्यैपनि नचुडोस् है यो मायाको डोरी हाम्रो
सधैभरि तिम्लाई माया गर्न पाउँ है यसैगरी।

फुलेपछि झर्नुपर्ने दुईचार दिनको फूल होइन
बनाउँनु छ हाम्रो माया सदावहार दूबो सरी।

सुनेपनि सबको कुरा विश्वास राख्नु आफूमाथि
यो समाजमा हाम्रो बारे हुन्छ कुरा नानाथरि।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।