Friday, June 12, 2009

एउटा युवाको डायरी


एउटा युवाको डायरी जसलाई जीवनयात्रामा गाँउको अनन्त श्रिङ्खलाले माया गरिरहेको छ। काठमाण्डौं आएर नचाहदा नचाहदै पनि अनेक दु:ख पिडाहरु झेल्नु पर्ने हुन्छ। पैतलाहरु तिनै हुन् जसले आजसम्म गन्तब्य भेट्न सकेको छैन। देशमा लोकतन्त्रको आगमन सँगै गाँउका ति केटो आफ्नो पैतलाको गन्तब्य भेटिने अभिलाशाले काठमाण्डौं छिरेका हुन्छन्। अनि काठमाण्डौं छिर्दाका जोस र उमंग सबै काठमाण्डौंको प्रदुषित धुँवा धुलोमा बिलिन भैसकेको हुन्छ। राजनीतिकको तातो मौसमको चिसोपन गराउन सकेको छैन। पसलभरि टांगिएको पत्रिकामा कहि कतै नयाँ नेपालका धर्कोसम्म कोरिएको खबर भेटिन्नन्। पत्रिकापसल वरिपरि उभिएर तातो चिया र रक्सी जस्तो गन्हाउने ताजा समाचार पढिरहेका हुन्छन्। समाचार नछापिएको भए देश कृष्णभीरको मोडमा पुगेको छ भन्ने थाहा हुदैनथ्यो। लोडसेडिङ को नयाँ रुटिङ् पढ्न पाउने थिएन, मुल्यवृद्धिको समाचार पढ्न पाउने थिएन। आजकालत सगरमाथाको देश भन्नपनि लाज लाग्ने बेला भईसक्यो। विश्वमा शान्तीको देश भनेर चिनिएको गौतम् बुद्धको देश नेपालमा आफ्नै दाजुभाई बिच एक आपसमा मारामार काटाकाट भैरहेका छन् । बिहान घरबाट निस्केको छोरा छोरी बेलुका घर फर्किने हुन् कि होइन थाहा हुदैन। विश्वको दोश्रो जलस्रोतको धनि देशको राजधानी काठमाण्डौमा पिउने पानी हुदैन। कृषिप्रधान देशमा अनिकाल लाग्छ। यहि देशको राजधानी काठमाण्डौमा भौतारीरहेको यि युवाहरु विभिन्न देशका लागी वैदेशिक रोजगार खुलेको छ भन्ने थाहा पाएर भर्खरै संघिय गणतन्त्र भएको मुलुकका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनुहार भरि अनेकौ अभिलाशाहरु बोकेर अनि ओठमा कृतिम हाँसो लिएर धन कमाउन बिदेसिने सुरमा हुन्छन्। थाहा छैन कहाँ गएर अलपत्र पर्ने हो, गन्तव्यसम्म पुग्ने होकी होईन, पुगे पनि कुन कम्पनीमा बहादुरका बिल्ला टाँगेर सगरमाथाको देश हामी भनेर मजदुरीका काम गर्नु पर्ने हो।
जसोतसो गरेर गन्तव्य सम्म पुगिन्छ अनि काम शुरु हुन्छ। दिन बित्छ महिना बित्छ तर कम्पनीमा पैसा दिदैन, साथीहरुबाट सुनिन्छ तिन महिनाको व्यालेन्स राखेर अनि मात्रै दिईन्छ, घरबाट साहुको करकर छ भनि चिठी आउन शुरु हुन्छ , ५५ डिग्री त्यो तातो घाममा दुई बर्ष सम्म काम गरेर बल्लतल्ल साहुको ॠण तिरेर सकिन्छ तर साथमा घर फर्किने पैसा हुदैन अनि दुई चार पैसा जम्मा गरेर घर फर्किनको लागी कम्पनीमा निवेदन दियो दुई चार दिन गर्दै दुई चार महिना पुर्याईदिन्छन्। अनि जब घर फर्किने दिन विमानमा पाईला टेक्छ त्यो दिन जिन्दगीको सबै भन्दा खुशीको क्षण जस्तो लाग्छ । जब त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विमान अवतरण गरिन्छ फेरि सुरु हुन्छ घुस अनि कमिसन। जहाँ सरकारी बिल्लाधारीहरु खुलमखुला घुस अनि कमिसन खाईरहेका हुन्छन् । जब विमनास्थल बाट बाहिर निस्कन्छ अनि त्याहाँ ट्याक्सीको त कुरै नगरौ । उनीहरु नेपाली रुपियाँ होइन डलर अनि रियल खोज्छन् ।

सुबाश श्रेष्ठ गोरखा नेपाल (हाल दोहा कतार)

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।