Friday, April 9, 2010

गजल

जब पाएँ तिम्रो साथ सारा संसार भुल्न थाले,
मेरा सबै खुशी हरु तिम्रो साथमा डुल्न थाले।

खडेरीमा ओईलिएका मेरो मनको फूल हरु ,
तिमीसँगै ति फूल पनि बासना छर्दै फुल्न थाले ।

सधै भरि तिमीलाई आँखा सामु देखुँ लाग्छ,
फूल भरि भवराले झुले जस्तै झुल्न थाले।

सुते पनि उठे पनि तिम्रै याद गर्छु सधै,
मैले फेर्ने सासभरि तिम्रो माया घुल्न थाले।

जब पाएँ तिम्रो साथ सारा संसार भुल्न थाले,
मेरा सबै खुशी हरु तिम्रो साथमा डुल्न थाले

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।