Saturday, May 1, 2010

अतितको सम्झना

म उसलाई धेरै माया गर्छु, उनका हर सपना म पुरा गर्न चाहन्छु। म यो सारा सँसारलाई पार गरेर क्षितिज पारि यस्तो घर बनाउन चाहन्छु, जहाँ अरु कोही हुने छैन मात्र हामी दुई जना हुनेछौ, अनि हाम्रा सम्पूर्ण चाहनाहरु पुरा हुनेछ। मेरो वाल्यकाल देखिको साथी उनि सधै यस्तै कुरा हरु गर्ने गर्दथ्यो म सँग। अनि म उसलाई भन्ने गर्थे यस्ता कुरा हरु सिर्फ फिल्ममा मात्रै हुने गर्छ, तिमी वस्तविकतामा आउने कोशिस गर, तर आज सबै ति कुराहरु मेरो मानष्पटलमा अतितको अविष्मणीय याद बनेर बसेको छ। प्रेम प्रप्तिको लागी उनी जे गर्न पनि तयार थिए तर उसको भाग्यमा नै थिएन कि खै के भनु, जसको बारेमा उ सधै सपना देख्न्ने गर्दथ्यो, अनि उसैको बारेमा कुरा गर्ने गर्दथ्यो। तर आज उनी यो सँसारको भिडमा कहि हराईरहेकी छिन्। थाहा छैन आज उ कहाँ छिन्, कस्तो अवस्थामा छ चाहेर पनि उनलाई भेट्न सकिरहेको छैन। मेरो वाल्यकालको साथी मेरो लागी सब थोक थियो, सधै हसिँलो खुशी देखिन्थिन्। तर अलि छिटो रिसाउने र जिद्धी खालको थिईन्। यसको वावजुद पनि उनि मेरो सबै भन्दा मिल्ने साथी थियो। उसैको कारणले मैले प्रेमको बारेमा यति नजिक बाट जान्ने मौका पाएँ।
ति मेरो प्रेमका शिक्षक, आदर्श या आत्मिय मित्र, थाहा छैन आज कहाँ छिन् । कहि उ मलाई अनि यो सँसारलाई छोडेर त गएकी छैन? तर अह कहिले यस्तो हुन सक्दैन। उनि त्यस्तो जिन्दगी देखि हरेस खाएर भाग्ने मान्छे थिएन। उनैले त सधै भन्ने गर्थी , हामीले हरेक दिन खुशी सँग जिउनु पर्दछ। मान्छेको जीवनमा दु:ख त आउछन् तर दु:खलाई पन्छाएर सुख सँग जिउने चेष्टा गर्नु पर्छ। किन कि मान्छेले एक चोटी मात्रै जिन्दगी प्राप्ति गर्छ। अनि उनले भन्ने गर्थिन् यसलाई पनि तिमी फिल्मको डाईलग नै त सम्झिने होला नि होईन! अनि म सोच्न बाध्य हुन्थे। जब म प्रेमको बारेमा कुरा गर्न डराउथे अनि उनले मेरो हिम्मत बढाई दिदै अनि भन्ने गर्थिन्, यदि तिमी कसैलाइ साँचो प्रेम गर्छौ भने कोहि सँग पनि डराउन हुदैन। मान्छेको जीवनमा मात्र एक चोटी सच्चा प्रेम मिल्छ, अरु त सबै संझौता मात्रै हुने गर्दछ। पहिलो प्रेममा त उनले धोका खाईसकेकी थिइन् । दोस्रो प्रेममा पनि आफ्नो घर परिवारको अगाडी लाचार भएर उसको साथ छोड्न पर्यो। अनि सधै भन्ने गर्थिन् जसलाई मैले माया गरें उसले अरु कसैको लागी मलाई छोडेर गयो अनि जसले मलाई माया गर्थ्यो उसले आफ्नो परिवारको निम्ति म सँग नाता तोड्यो। तर पनि उनले कसैलाई दोष दिएन, कसैलाई नराम्रो भनेन, सबैलाई भन्ने गर्थिन् सधै खुशी रहनु बस सदा खुशी रहनु।। मैले सुनेको थिएँ, यदि कसैले सच्चा प्रेम गरेर उसलाई धोका दियो भने उसलाई घृणाको दृष्टृकोणले हेर्ने गर्दछ। तर जसले उनलाई धोका दिएका थिए उसलाई कहिले पनि त्यस्तो दृष्टृकोणले हेरेन।
उसको पहिलो प्रेमको बारेमा त म केहि भन्न सक्दिन तर दोस्रो प्रेमको बारेमा भने सबै कुरा थाहा छ मलाई। उनी आज खुशी साथ जीवन बिताईरहेकी छिन्। तिनका अहिले विहे भईसकेका छन्। उनको साथमा दु:ख सुखमा साथदिने पति छन्, साथमा एउटा प्यारो छोरा अनि छोरी छन्। उनले आफ्नो छोराको नाम त्यस केटाको नाम बाट राखेकी छिन, जसलाई उनि अतिनै मन पराउँथिन। अनि छोरीको नाम त्यो केटीको नाम बाट राखेकी छिन जुन केटीलाई त्यो केटाले मन पराउथ्यो 


सुवाश श्रेष्ठ घ्याल्चोक गोरखा 

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।