Wednesday, June 11, 2008

सफल जिन्दगीको मार्गदर्शन

मान्छेहरु जिन्दगीमा जो कोहि पनि सफलताका साथ अघि बढ्न चाहन्छ तर सबै मान्छे सबै कुरामा सफल भने भएका हुदैनन् । यदि तपाई सफलता प्राप्ति गर्न चाहनुहुन्छ भने समस्या होइन त्यसको समाधान खोज्ने तर्फ लाग्नुस् । सफल कामको लागि भोलि कहिले आउदैन त्यसैले आजको काम आज नै गर्नुस । मान्छेले काम गरेपछि गल्ति त हुन्छ नै तर गल्ति सुईकारेर सुधार्ने प्रयास गर्नुपर्छ । त्यस्ता व्यक्ति आफ्नो जिन्दगीमा सफल हुन्छन जो अरुको नक्कल होईन कामको अन्दाज गर्ने गर्दछ । कुनै काम गर्दा कहिलेकाही असफल पनि हुन् सक्छ, अनि असफल भएर निराश हुनुभन्दा असफल हुनुको कारण पत्ता लगाई त्यसको समाधान तिर लाग्नुपर्छ किन कि सफलता त्यतिकै अरु कहिँ बाट प्राप्ति हुने कुरा होईन, त्यो आफ्नै कामको प्रतिफल हो । हामीले हाम्रो भाग्य आफैले बनाउने हो, जस्तो काम गर्र्यो हाम्रो भाग्यपनि त्यस्तै बन्ने गर्छ, त्यसैले हाम्रो समाजको विद्धमान अन्धविश्वासलाई चिर्दै भाग्यमा होईन कर्ममा विश्वास गर्नुस, जसले तपाईको सफल जिन्दगीको मार्गदर्शन खुल्न सक्छ। एकचोटी असफल भयो भनेर कामलाई छोड्नु भन्दा धर्यताका साथ त्यसैलाई निरन्तरता दिने गर्नुस। 
सुवाश श्रेष्ठ

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।