Monday, June 9, 2008

सुवाश श्रेष्ठ


आजकाल ईन्टरनेट, मोबाईलको जमाना हरेक गाँउको कुना कुना सम्म मोबाईल अनि ईन्टरनेटको सुविधा पुगिसकेका छन्। सबैको हातमा मोबाईल देखिन्छ। मानव जातीको बिकास सँगै उसलाई चाहिने हरेक उपभोग्य सामान हरुको पनि बिकास हुदै गईरहेका छन्। सामान्य सर्वसाधारण मान्छेहरुको हात सम्म अहिले मोबाईलको पहुँच पुगिसकेका छन्। मलाई के लाग्छ भने, कुनै पनि मान्छेले मोबाईल, ईन्टरनेट या जुनसुकै उपभोग्य समानहरु पनि प्रयोग गर्छ भने उसलाई त्यसको बारेमा सामान्य जानकारी हुन जरुरी हुन्छ। तर कतिपय मान्छेहरु मोबाईल प्रयोग गर्छन् तर त्यसको बारेमा सामान्य जानकारी समेत हुदैन, अनि सानो समस्याको लागी पनि अरुको सहयोग लिनुपर्ने हुन्छ। समस्या पर्दा अरु मान्छे सम्म धाउने गर्दछ तर उसले कहिले आफुले सिक्ने कोसिश गर्दैन। यो नै हामीहरुको सबैभन्दा ठूलो समस्या हो। कहिले सम्म हामीहरु सानो सानो कुराहरुमा पनि परनिर्भर भईरहने हो। मैले यो मोबाईलको त एउटा उदाहरणको रुपमा मात्रै याहाँ राखेको हुँ। यस्ता धेरै समस्याहरु छन् हामीमा त्यसको समाधानको लागी सधै अरुको भर परेर बस्नु भन्दा आफैले समस्याको समाधान गर्ने कोसिश तिर लाग्नु पर्छ। सानोतिनो कुराहरु हामीले सिक्न नसक्ने होईन तर हामी ले सिक्ने, बुझ्ने प्रयासनै गर्दैनौ। त्यसैले कुनै पनि काम नजान्ने भन्दा पनि जान्न नखोज्ने ठूलो समस्याको रुपमा रहेको छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।