Saturday, May 15, 2010

गजल

कति रमाईलो क्षण थियो जब थिए तिम्रो साथमा,
लजाएर निहुँरिरहन्थ्यौ हातले छुँदा तिम्रो माथमा ।

त्यस्तो पल छोडी आज एक्लै जिउँन परेको छ,
मन बुझाउन गाह्रो भयो एक्लै बसी रुँदा रातमा ।

तिमीलाई भेट्ने दिन गन्दै बसेको छु आज यहाँ ,
सम्झनामै डुब्दा डुब्दै पोल्न थाल्छ कहिले आँतमा।

जति बिर्सु भन्दा पनि झनै याद आउँन थाल्छ,
जदुमई तिम्रो बोली के थियो र तिम्रो बातमा ।

जति याद आए पनि बस्नु पर्ने यो मन बुझाई,
समयको खेल रहेछ केहि छैन आफ्नो हातमा ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।