Monday, May 17, 2010

आफ्नै कुरा

म कुनै ब्लगर या लेखक साहित्यकार त होईन। तर पनि कहिले काही फुर्सदको समयमा आफ्नो ब्लगमा दुई चार कुराहरु लेख्न्न मन लाग्छ, अनि लेख्न्नको लागि बस्छु कम्प्युटरको अगाडी। तर के लेख्न्ने के नलेख्न्ने। कहिले लाग्छ आफ्नो मनभित्र पिल्सिएर रहेका भावनाहरु शब्द मार्फत उतारेर तपाई साथीहरु समक्ष प्रस्तुत गरु, कहिले लाग्छ माया प्रीतिका भावलाई गज़ल या कविता मार्फत व्यक्त गरु, अनि कहिले लाग्छ देशको राजनीतिक अस्थिरताको बारेमा लेखु । बेला बेलामा अरु ब्लगमा साथीहरुको लेख रचनाहरु पनि हेर्ने पढ्ने गर्छु। साथीहरुको रचना देखेपछि मलाई पनि लाग्छ त्यस्तै रचनाहरु लेखु जस्तो। तर जब लेख्न्न शुरु गर्छु, अन्त्य हुनु अगावै बिचमानै तुहिएर जाने गर्दछ। कहिले काही एक्लै सोच्ने गर्छु सबैको लेख रचनाहरु मेरो जस्तै बिचमानै तुहिएर जाने हो भनेत सायद कुनै पनि उपन्यास कथा संग्रहहरु पुरा हुने थिएन होला। तर पनि जानी नजानी दुई चार कुराहरु लेख्न्ने कोशिस गर्दैछु। आशा छ तपाईहरुले सहि सल्लाह सुझावहरु दिनुहुनेछ भन्ने। तपाईहरुको प्रेरणाले गर्दा नै आज सम्म यो ब्लगलाई निरन्तरता दिईरहेको छु। भोलीका दिनहरुमा पनि यसरी नै निरन्तरता दिने कोशिस गरिनै रहनेछु । यो ब्लग पनि एउटा नशा जस्तै रहेछ, जुन कहिल्यै छोड्न पनि नसकिने अनि सधै यसलाई समय दिन पनि नसकिने। यसरी नै यो ब्लगमा रमाउँन थालेको पनि दुई वर्ष बितिसकेछ। यो दुई वर्षको अवधिमा मैले के कति प्राप्ती गरे अनि के कति गुमाएँ त्यो त मलाई थाहा छैन। तर आज तपाई जस्तो साथीहरुको साथ पाएको छु। यसरी तपाईहरुको साथमा रमाउँन पाउँदा धेरै कुरा पाए जस्तो महशुष हुन्छ । पछिका दिनहरुमा पनि सधैभरि यसरी नै तपाई साथीहरुको साथ अनि अमुल्य सल्लाह सुझावहरु पाईरहोस भन्ने कामनाका गर्दै अहिलेलाई बिदा ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।