Friday, June 4, 2010

Happy Good Friday

आज शुक्रबार, हरेक शुक्रबार जस्तै आज पनि दोहा कतारको नेसनल एरियामा लाग्ने हजारौं नेपाली दाजुभाईहरुको जमघट, एकआपसमा आफ्नो गाउँघर देशको कुराकानी , भलाकुसारी साटासाट गर्दै देशमा रिलिज भएको नयाँ नयाँ फिल्म, अडियो सि.डी. भि.सि.डी.को चर्चा । नेपाल गएर फर्केका वा नयाँ आएकाहरूले आफुसँग ल्याएको घरको चिठीपत्र, क्यासेट, लुगाफाटो र घरबाट आमाले पठाएको खाने कुराको साटासाट। जहाँ तहि देखिन्छन नेपालीहरुको चहलपहल, र अझ नेपाली अडियो र भिडियोबाट आउने ‘माया उड्यो बादलु छुनलाई’ जस्ता गीतहरूको स्पन्दनले मलाई मात्र होइन, सम्पूर्ण कतारबासी नेपालीहरुलाई आफ्नो देश, आफ्नो गाउँघर र आफ्नो परिवेश स्मरण गराइरहेको हुन्छ। यहाँ नेपालीहरुको चहलपहल देख्दा लाग्छ म अहिले यो दूर देश कतारमा होईन काठमाडौँ को सुन्धारा चोकमा पो कतै छु कि जस्तो आभास हुन्छ । कहिले काही त यहाँ नेपाली साथीभाईहरु सँग भेट्न पाउँदा नेपालमा भन्दा पनि रमाईलो लाग्छ , किन कि याहाँ न कोहि धनी छन् न कोहि गरिब, न कोहि पहाडे छन् न कोहि तराई न कोहि मधेश, याहाँ छन् त मात्र नेपाली । 




     सुवाश श्रेष्ठ दोहा कतार

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।