Sunday, May 9, 2010

गजल

आँखा चिम्ली हेर मलाई तिम्रै सामु हुन्छु,
सुस्त आई कोमल मुटु स्पर्स गरि छुन्छु ।


आफुलाई एक्लो ठानी रुन्छौ तिमी किन,
तिमी रुँदा म पनि त तिमी सँगै रुन्छु।


कहिले काही दु:ख पर्दा झार्नु हुन्न आँशु ,
त्यहि आँशुमा हाँसो दिई सारा दु:ख धुन्छु।


तिम्रो स्वरमा गुन्जिएका विरहका गीत,
तिम्रै यादमा तड्पिएर त्यहि गीत सुन्छु।


फूल जस्तो हाम्रो माया ओईलिएर जाला,
त्यहि फूल संगालेर एउटा माला उन्छु।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।