Saturday, July 3, 2010

''गजल''

सँगै बाँच्ने कसम खाई गयौ माया मारेर,
माथी पुर्याई एकै चोटी तल भुईमा झारेर ।

सँगै खोला तर्ने भन्दै तिम्रै पछि लागेको थें ,
तर तिमी फर्की गयौ मलाई पारी तारेर ।

मुखले मिठा कुरा गर्दै मनमा रैछ अर्कै शुर,
त्यसैले त छाडी गयौ मलाई एक्लो पारेर ।

म बस्नेछु रोई सधै तिमी खुशी हुन्छौ भने ,
तिमी बाट टाढा जान्छु घर अन्तै सारेर ।

हार जीतको खेल रहेछ तिम्रो लागी माया,
हाँस्दै होला तिम्रो जीतमा म रुदै छु हारेर ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।