Sunday, June 27, 2010

"गज़ल"

भेट्न आउँछु अन्तै घर सर्न परे पनि, 
उर्लिएको साउने भेल तर्न परे पनि । 

किन भाग्नु दुनियाँको आँखा छली छली, 
छुट्नु हुन्न हाम्रो माया मर्न परे पनि । 

बा-आमा सबैलाई सम्झाई बुझाई गर्न, 
तिम्रै घरमा आउँछु, कुरा गर्न परे पनि । 

जाउँला बरु तिमीपनि सँगै मेरो साथमा, 
गाउँ छोडी तल बेशी झर्न परे पनि । 

जिन्दगीको अन्त्यसम्म सँगै बाँच्नुपर्छ 
सधै आँखा भरि आँशु भर्न परे पनि ।

भेट्न आउँछु अन्तै घर सर्न परे पनि, 
उर्लिएको साउने भेल तर्न परे पनि । 

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।