Thursday, September 30, 2010

''गजल''


म झरी भई झरेँ भने तिम्रो शिरमा परेँ भने,
यो धर्ती आकाश छोडी तिम्रो दिलमा सरेँ भने।

लुकाएर राख्छौ कि त झुक्याएर भाग्छौ भन
जिन्दगीभर सधै तिम्रो मनमा बास गरेँ भने।

दिलको बारी खाली छकि भन अर्कै माली छकि,
त्यसै खेर जाने हो कि फूलको बिउ छरेँ भने।

सयौ जन्म पर्खिन्छौ कि आफ्नै शुर गर्छौ भन,
यो जन्ममा तिम्रो हुन नपाई त्यसै मरेँ भने।

म झरी भई झरेँ भने तिम्रो शिरमा परेँ भने,
यो धर्ती आकाश छोडी तिम्रो दिलमा सरेँ भने।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।