Saturday, October 2, 2010

''गजल''

गरीबलाई दशै आए पनि पर्देश बस्नुपर्छ
भोको पेट गाँठो पारी पटुकीले कस्नुपर्छ।

जति दु:ख गरेपनि घरमा खाने अन्न हुन्न
ऋण तिर्न रातदिन सधै काममा धस्नुपर्छ।

मुटु भरि पीडा बोकी दुई दिन् हाँसी के गर्नुर
अझै कति दु:ख झेल्दै भड्खालोमा फस्नुपर्छ।

साथीसंगी साथमा बसी रमाउँने त रहर होला
मनको रहर मनमै राखी मुग्लानतिर पस्नुपर्छ।

हाँस्दै खेल्दै रमाउँदै मादलुको तालमा नाँच्दै
रातो टिका लाउने बेला धूलो माटो घस्नुपर्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।