Saturday, October 9, 2010

''गजल''

कति फेरी सके होला वाग्मतीमा बग्ने पानी
पानी जस्तै फेरिएनी हुन्थ्यो तिम्रो झूटो बानी।

अञ्जानैमा गल्ती भो कि भन्दै सहि बसे मैले
तर बल्ल थाहा भयो झूटो बोल्दा जानी जानी।

बोलीचाली ठिकै लाग्थ्यो माया पनि निकै लाग्थ्यो
त्यसैले त सोचेको थेँ  तिमीलाई मनकी रानी।

मेरो माया सस्तो भयो बिना कामको जस्तो भयो
आजकाल त हिड्दैछौ रे नयाँ नयाँ माया छानी।

के गर्नु त तिमी आफै भिरको बाटो रोजेपछि
दिएकै थेँ चोखो माया आफ्नै मुटु जस्तो ठानी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।