Wednesday, October 20, 2010

''गजल''

ढुङ्गा पुज्दै हिड्छौ किन धर्म कर्म गर्ने नाउँमा
गर सेवा मानव जातको दु:खी गरीब बस्ने ठाउँमा।

रोग भोक अन्याय र अत्यचारमा परेका लाई
ढुङ्गा पुज्ने त्यो हातले बरु समाउ उनको पाउमा।

यही नै हुन्छ सच्चा धर्म स्वच्छ मनले गर्यो भने
मठ मन्दिर धाउँन छोडी मलम पट्टी गर्दा घाउमा।

भोको पेट भर्ने आशमा चिन्ता गर्दै बस्छन् कोही
कोही बस्छन् दाउ हेर्दै सामान बेच्न चर्को भाउमा।

कसलाई फुर्सद हुन्छ याहाँ दुखियाको आँसु पुछ्ने
सबैजना मै खाउँ मै लाउँ भन्ने मात्रै हुन्छ दाउमा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।