Wednesday, November 10, 2010

''गजल''

कति बस्नु परदेशमा फर्की आउँछु आफ्नै देशमा
मरे मर्छु आफ्नै देशमा बाँचे रम्छु आफ्नै भेषमा।

गर्छु पौरख छर्छु अन्न आफ्नै पाखा पखेरोमा 
चाहिदैन सुनको थाली खान्छु खाना जे छ तेसमा।

शिक्षा शान्ति उज्यालोको ज्योति छर्दै अघि बढ्छु
हट्ने छैन पछि कहिल्यै पाईला परेपनि ठेसमा ।

माटो छोई कसम खान्छु हिमाल तिर पनि जान्छु 
ओईली खेर जानुभन्दा गुँरास टिपी लाउँछु केशमा।

जिन्दगीको अन्त्य सम्म नेपाली भई बाँच्न पाउँ
सधै सधै रमाउँन पाउँ  आफ्नै ठाँउ परिवेशमा ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।