Saturday, November 20, 2010

''गजल''

सधै आफ्नो साथमा हुने यो संसारमा कुन् छ
दिनमा घाम साथमा थियो रात पर्दा जून् छ।

हाम्रो मिलन विछोड पनि घाम जून जस्तै,
भन्ने जान्दा जान्दै किन आँसु बगाई रुन्छ।

छोडी जानै पर्छ आखिर मन दुखाउनु किन 
तिमी साथमा नभएनि माया मनमा हुन्छ। 

दुई चार वर्ष दु:ख गरि फर्की आउँछु भन्दा
तिमी भन्छौ दु:ख गरे आफ्नै देशमा सुन् छ।

जन्म्यौ हुर्क्यौ यही माटोमा नाम पनि दियो
भन्छौ तिमीलाई यो देशको कति धेरै गुन् छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।