Friday, December 31, 2010

''गजल''

सुन भए गाल्न हुन्थ्यो आगो भए बाल्न हुन्थ्यो
बने देखि नयाँ सरकार फेरी पनि ढाल्न हुन्थ्यो।

यस्तै यस्तै सोच्दै होलान् हाम्रा देशका नेताहरु,
मन्त्री पद पाए फेरी दुईचार करोड हाल्न हुन्थ्यो।

कसलाई के था फेरी पनि आउने होकी हैन मौका
नयाँ घरको भित्ता पनि यसैपाली टाल्न हुन्थ्यो।

शान मान गिरिसक्यो एउटै गाडी चढ्दा चढ्दै,
नयाँ गाडी किन्न पाए थोत्रो गाडी फाल्न हुन्थ्यो।

जमाना छ बात भन्दा लात बढि चल्ने हेर,
त्यसैलेत दुईचार जना गुण्डापनि पाल्न हुन्थ्यो।

एक दुई वर्ष जनतालाई आश्वासनमा भुलाए त,
फेरी आउने चुनावमा नयाँ चाल चाल्न हुन्थ्यो।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।