Sunday, December 26, 2010

''गजल''

लेख्नु पर्ने धेरै थियो जिन्दगीको पाना रोजेँ,
सबै कुरा थाती राखी पेट भर्न माना रोजेँ।

सास भए आश हुन्छ भन्ने गर्थे बुढापाका,
त्यसैले त सास धान्न पराईको छाना रोजेँ।

राम्रो लाग्छ आफ्नै देशको दोहोरीका गीतहरु,
तर आज बाध्यतामा परदेशीको गाना रोजेँ।

लुकामारी खेल्दै खेल्दै बाँडीचुडी मकै खाने,
मनमा ईच्छा हुदाँ हुदै बिदेशीको खाना रोजेँ।

धेरै थिए खाना हरु बिदेशीको परिकारमा,
आफ्नै गाँउ सम्झेअनि भटमासको दाना रोजेँ।

1 comment:

  1. सुबास जी निकै राम्रो लाग्यो -मेरो यथार्थता लेख्नु भएछ जस्तो लाग्यो !

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।