Tuesday, December 14, 2010

''गजल''

तिम्रो माया उनान्सय मेरो माया भन्थ्यौ सय,
त्यति धेरै तिम्रो माया थाहा नपाई कता गए।

भन्नलाई भन्छन् मान्छे भेटे पछि छुट्नु पर्छ,
व्यर्थ किन मिलन हुनु चोखो माया टुट्ने भए।

नभेटे त के के हुन्थ्यो भेटे पछि माया लाग्यो,
त्यही मायाले जिन्दगीनै बनाउँदैछ दु:ख मय।


सुनेको थेँ यस्तो कुरा आज आफै भोग्दै छु म,
जन्मदैमा थियो सायद यस्तो दिन आउने तय।

म रोएनि जिन्दगी भर तिमी सधै हाँसी राख्नु,
सधै भरि चारै तिर तिम्रो मात्रै भईरहोस् जय।


No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।