Sunday, December 12, 2010

''गजल''

हेर्दा राम्रो देखिदैमा, कुनै कुरा नछान्नु है
पहेंला ति सबै सुन, हुन्छ भन्ने नठान्नु है। 

यति राम्रो जिन्दगीलाई, त्यसै खेर फाल्नुहुन्न
रुखमा चढी बन्चरोले, फेद तिर नहान्नु है।

रिसले गर्दा आफैलाई, हानी हुन्छ हेर साथी
रिसै रिसमा आफैलाई, गलापासो नबान्नु है।

सिक्नु बरु सत्य बोल्न, देशको लागि केही गर्न
जिन्दगीनै बर्बाद हुने, जुवा खेल्न नजान्नु है।

सत्यकुरा तीतो हुन्छ, भन्ने जान्दा जान्दै पनि
सानो सुझाव दिएको छु, तर झर्को नमान्नु है।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।