Thursday, January 20, 2011

''गजल''


खोज्छौ तिमी सधैंभरि फूल मात्रै लगाउन 
सकेनौ खै रस चुस्ने भवरालाई भगाउन।

आफ्नै घरको यतिराम्रो फूल झरी जाँदापनि
छोड्ने हैन कहिल्यै पनि अन्तबाट मगाउन।  

घरको देउता ढुङ्गासरी हुन्छ भन्ने सुनेकोथेँ
त्यसैले त खोज्दैछौ नि अन्तैतिर फकाउन।

कहिलेसम्म बस्छौ तिमी निदाएको जस्तोगरि
बरु पहिले लाग्ने होकी आफैलाई जगाउन।

खहरे त सक्छ होला त्यसको दिशा मोड्नपनि
बाढी आए सम्भव छैन भने जस्तो बगाउन।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।