Thursday, January 27, 2011

''गजल''


बस्छु भन्यौ मेरो दिलमा मुटु खाली गरिदिएँ,
रित्तो भयो भन्यौ फेरी माया हाली भरिदिएँ।

चारैतिर अँध्यारो भो भन्दै थाल्यौ कराउन,
मैले गर्दा होकी भन्दै दियो बाली सरिदिएँ।

अँध्यारोमा मेरो माया पारी कतै छुटेछ कि,
भन्यौ अनि खोज्दै मैले फोहोर नाली तरिदिएँ।

किनिदिनु साडी भन्दा कालो साडी किनेकोथेँ,
मन पर्ने रातो होकी भनि लाली छरिदिएँ।

अझै पनि तिमीलाई मेरो माया थोरै भयो,
भन्छौ भने तिम्रो लागि हेर काली मरिदिएँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।