Tuesday, February 8, 2011

''गजल''


जन्मिएको ठाउँ एउटै यात्रा गर्ने  बाटोपनि
यौटै थियो खेल्ने आँगन खाएका ति आँटोपनि।

सँग सँगै खेलेका दिन भुलिदिन्थे भोक निन्द्रा
खेल्दा खेल्दै लागेको घाउ देखिदैछ खाटोपनि।

भए पनि बाटो एउटै तिम्रो ईच्छा रैछ अर्कै 
छुट्ने बेला रुमाल दिदा दिएनौ खै साटोपनि।

बाँकी रह्यो यो दिल भित्र मात्र तिम्रो यादहरु
बिर्सिएछौ साथीलाई त भुलि गयौ माटोपनि।

लेखेकोथेँ यादमा बस्दै हात खोपी नाम तिम्रो
रहला खै कहिले सम्म मेटिदैछ टाटोपनि ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।