Tuesday, February 8, 2011

घायलको तरही मुसायरा-५


मेरो कथा बुझ्नलाई दशी खोज्नु साहित्यमा
लेख्ने भए पाना भरि मसी खोज्नु साहित्यमा।

जिन्दगीको पानाभरि छरिएका कथाहरु
यौटै माला उन्नलाई रसी खोज्नु साहित्यमा।

भावनामा बग्नेलाई साहित्यनै जिन्दगी हो 
राम्रोसँग बुझ्न सक्ने कसी खोज्नु साहित्यमा।

ईच्छा भए मन भित्र गाह्रो छैन बुझ्न पनि
अझ धेरै बुझ्न परे पसी खोज्नु साहित्यमा।

अझै कति बाँच्नु नै छ साहित्यमा रमाएर
छिटो हैन आरामले बसी खोज्नु साहित्यमा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।