Tuesday, February 8, 2011

''गजल''


सँगै बस्दा लागेको त्यो कलहको दाग थियो             
त्यसैले त टाढा जानु समयको माग थियो।

सजिलो त कहाँ हुन्थ्यो फूल सँग रमाउँन 
चारै तिर मालीहरु भरिएको बाग थियो।

टाढिएकै ठीक थियो सँग सँगै बस्नु भन्दा
बकुल्लाको बथानमा यौटा कालो काग थियो।

गल्ती भयो मन्दिरकी देवी ठानी पूजा गर्दा,
पुजारीनै डस्न खोज्ने त्यो बिषालु नाग थियो।

जिन्दगीको रङ्गमञ्च टुङ्गिएछ यति चाँडै
हाम्रो प्रेम कहानीको यही अन्तिम् भाग थियो।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।