Sunday, March 13, 2011

घायलको तरही मुसायरा भाग-६


जिन्दगीमा खाएका ति घातको कुरा नगरौ
दु:ख पर्दा साथ छोड्ने जातको कुरा नगरौ।

भट्टी भित्रै रात काट्ने चाहना तिम्रो मनको
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौं।

साहारा नै नशा भन्छौ कसरी काट्छौ जीवन
आफ्नै सँग शत्रु बन्ने मातको कुरा नगरौ।

यति राम्रो जिन्दगी छ जिउँने आशा नमार
केही हैन दशा साँढे सातको कुरा नगरौ।

यो जिन्दगी संघर्ष हो पहाड आए रोक्नेछौ
हावा चल्दा उडि जाने पातको कुरा नगरौ।

यस्तै जोस राख्नु पर्छ साथमा साथ दिएर
जिन्दगीमा दु:खका ति खातको कुरा नगरौ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।