Sunday, March 13, 2011

''गजल''


एकनास हेर्छौ किन फूल फुलेको देख्दापनि
रस चुस्दै भवराले पात पातमा टेक्दापनि।

चन्द्र सूर्य तारा हेर्दै अनेकका ति कुरा गर्छौ  
आकाशमा मडारिदै बादल आई छेक्दापनि।

हिजो पनि लेखेकोथेँ गीत गजल तिम्रो सामु
आज किन अचम्म भो यौटै गजल लेख्दापनि। 

उमेर नै यस्तो होकी खोई कसरी बुझ्नु मैले
अझै तातो छैन भन्छौ चर्को घामले सेक्दापनि।

रङ्गी चंगी फूल  होनि सजाउँने त घर भित्र
रिसाएको हेर कस्तो काँडा बाहिर फेक्दापनि।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।