Sunday, March 13, 2011

घायलको तरही मुसायरा भाग-७


गोडी गयौ बालीनाली पानी छेक्ने आली छैन 
जोडी गयौ हल गोरु हलोमा त फाली छैन।

बत्ती बाली पानी हाली फूल हेर्ने वाचा थियो
तोडी गयौ वाचा सबै बगैंचामा माली छैन । 

बिना माली खाली भयो बगैंचाको सेरोफेरो
फोडी गयौ छिर्ने ढोका रोक्ने कुनै जाली छैन।

सबैजना फूल चुड्छन् बाँकी छैन कोपिला नि
छोडी गयौ तिमीले त हेर्न अरु खाली छैन। 

वर्षौसम्म सँगै बसि दु:ख सुख बाड्दा बाँड्दै 
मोडी गयौ बाटो तर मेरो कुनै गाली छैन।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।