Sunday, March 13, 2011

घायलको तरही मुसायरा-८


हाम्रो प्रेम निशानीको नाम दिउँ आज
नाम दिई खेल्ने यौटा ठाम दिउँ आज।

सयौ जुनी सम्मपनि सम्झनाको लागि
मुटुलाई माया गर्ने काम दिउँ आज।

अँध्यारोमा लुकाएर कतिन्जेल राख्नु
उज्यालोमा रमाउँन घाम दिउँ आज।

सच्चा प्रेम गर्दापनि लाज मान्नु किन
दुँनियाको अगाडि नै लाम दिउँ आज ।

मन भरि सङ्गालेका कुरा सबै लेखी
मायाले नै भरिएको खाम दिउँ आज।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।