Sunday, March 13, 2011

''गजल''


मध्यराती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि
आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि।

दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध
रुँदा आज एक्लै भयौ के गर्यो त गूनले पनि।

कस्तो आयो जमाना यो रुँदापनि संगीत बन्ने 
तिम्रै भाका चोरेको छ बाँसुरीको धूनले पनि।

कति बेला रोकिनेछ मुटुको त्यो धड्कन तिम्रो
धून सुन्दै बस्यो भने नसा भित्र खूनले पनि।

सम्हाल है आफ्नो मन टुटे पनि वाचा कसम
लागे पछि कालो दाग जाँदैन त्यो चूनले पनि।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।