Sunday, March 13, 2011

''गजल''


यस्तो काम गर्नु साथी दुनियाँले याद गरोस्         
ईतिहासको पानाभरि तिम्रै बयान गर्दै भरोस्।

मरे पनि तिम्रो जीवन अमर रहून् नाम सधै
बोलेका ति कुराहरु सबलाई अर्ती बन्दै छरोस्।

संघर्ष हो जिन्दगी यो पाईला पछि हट्नु हुन्न
मै हुँ भन्ने मान्छेपनि तिम्रोसामु झुक्न परोस्।

यस्तो देश बनाउ हाम्रो नमुना होस् संसारलाई
विकासले शिखर चुम्दै महंगी चाहिँ तल झरोस्।

गरीब दु:खी जनताको पक्ष लिई लड्नु तिमी
जनता लुट्ने भ्रष्ट सबै देशको सिमापारी तरोस्।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।