Sunday, March 13, 2011

''गजल''


जिन्दगीको गोरेटोमा हिड्ने धेरै बाटो रैछ  
तिनै मध्ये संघर्ष नि अर्को यौटा पाटो रैछ। 

समयको गति सँगै चल्नुपर्ने जिन्दगीमा
सबैभन्दा ठूलो यहाँ पेट भर्ने आँटो रैछ।

यस्तै यस्तै अभिलाषा मनभरि सङ्गालेर
बुझ्दै जाँदा दुनियाँमा कति धेरै फाटो रैछ।

अझैपनि आँखा चिम्ली निदाएको जस्तो गर्दै 
पराईकै भर पर्ने हाम्रो बानी लाटो रैछ।

रंगीचङ्गी फूल जस्तै यति राम्रो नेपालमा 
रगतले पोतिएको अझै आलो टाटो रैछ।

कति घुमेँ सारा देश संसारको  कुना कुना
जे भएनि प्यारो आफ्नै देश अनि माटो रैछ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।