Saturday, March 26, 2011

घायलको तरही मुसायरा भाग-2


उस्को ठाउँमा तिमी आफै बसी हेर कस्तो हुन्छ
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ।

मनमा ईच्छा भए यदि दु:ख पीडा बुझ्नलाई
आफ्नै मुहार खरानीले घसी हेर कस्तो हुन्छ।

अहिले सम्म जति देखेँ न्याय भन्नु  पैसा रैछ
गरीबलाई  न्याय लेख्ने मसी हेर कस्तो हुन्छ।

किन फरक मृत्यु यहाँ  पीडा उस्तै भए पनि
उसको जस्तै आफ्नै गला कसी हेर कस्तो हुन्छ।

पराईलाई दु:ख पर्दा खुसी हुन्छौ किन तिमी
आफन्तलाई खाडलमा धसी हेर कस्तो हुन्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।