Saturday, March 26, 2011

घायलको तरही मुसायरा भाग-३

यति राम्रो बगैचाको किन माया मार्र्यौ भन
भित्र छिर्ने बाटो पनि फेरी किन बार्र्यौ भन।

एक्लो हुदाँ साहारा नै त्यही यौटा फूल थियो
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन

बाहना त के के गर्छौ कसो गरी बुझ्नु मैले
आफै माथि चढाएर किन तल झार्र्यौ भन।

ईच्छा रैछ तिम्रो अर्कै आफु एक्लै टाढा जाने
मैले सोध्दा हिजो किन कुरा मोड्दै ट़ार्र्यौ भन।

सयौ जुनी सँगै बाँच्ने गरेका ति वाचा भुली
धोका दिई किन आज विचल्लीमा पार्र्यौ भन।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।