Monday, March 28, 2011

''गजल''


नआएकै ठीक छ मलाई रात पछि दिन पनि
तिम्रो यादमा तड्पिएर एक्लै बाँच्नु पर्छ भनि।

बिहानीको लाली सँगै सबको जोडी देख्छु जब
एकान्तमा एक्लै बसी भक्कानिदै रुन्छु अनि।

तिम्लाई पर्खी बस्दाबस्दै महिना वर्ष बितिसके
कै'लेसम्म बस्नु भन तिमी आउने दिन गनी।

यस्तै यस्तै भन्छौ तिमी सधै भरि बर्बराउदै
कहिले काही यस्तै हुन्छ अब के'नै गर्नु तनि।

म पनि त तिम्रै यादमा सधै भरि तड्पिएर
रहर होईन बाध्यताले बसेको छु टाढा बनि।

सबैभन्दा माया ठूलो भन्ने हाम्रो किम्बदन्ती
चरितार्थ हुन्थ्यो सायद हूँदो हो त सबै धनी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।