Thursday, March 31, 2011

''गजल''


आश्वासनले भोको पेट भर्ने भए देखि 
बस्न हुन्थ्यो कागजको पानाभरि लेखी।

किन चाहियो खेतबारी यस्तो भए पछि
खन्न हुन्थ्यो जिउभरि शिर माथि टेकी।

रगतले सिँचाई हुन्थ्यो मांशपेशी माटो
अनि चर्म आली बन्थ्यो रगतलाई छेकी।


नत हुन्थ्यो कोही गरीब नत कोही भोका
जमीनदार् हुँ भन्नेलाई झार्नहुन्थ्यो सेखी।


कति सुन्दर हुन्थ्यो संसार यस्तै हुने भए
सबै मिली बस्थ्यो सायद रिस राग फेकी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।