Monday, April 4, 2011

घायलको तरही मुसायरा भाग- ४

नेपाली हुँ आफ्नो शिर झुकाएर रुन्न आमा
विरताको निशानी त्यो चुकाएर रुन्न आमा।

जिन्दगीको यात्रा भरि जति दु:ख भए पनि
यी आँखाका मोति दाना सुकाएर रुन्न आमा।

सहने छु आँधी हुरी चर्को घाम जे भए नि
यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा।

मुटु माथि ढुङ्गा राखी भए पनि हाँसेकै छु
आफ्नो मन आफैले नै दुखाएर रुन्न आमा।

लड्दैछु म स्वतन्त्रा र स्वधिन्ताको लागि यहाँ
मातृत्वको अस्तित्वनै लुकाएर रुन्न आमा।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।