Monday, April 4, 2011

''गजल''


भिन्दा भिन्दै हुन दिन्न भन्दै थियौ बाटो,                 तेज बकस मिया, हर्मी गोरखा
आँशु पाएँ किन आज हाँसो खुशी साटो ।

गहभरी रेखी बस्छ सम्झी सम्झी बाचा,
हुन्छ सधैं सिरानीमा आँशुको त्यो टाटो ।

बिर्सु भन्छु बल्झिदिन्छ यो मुटुको घाऊ,
दुख्छ सधैं चस्स चस्स जमे पनि खाटो ।


एकपटी दुख्न छोड्छ थोरै भुले भने मैले,
सम्झिहाल्छु फेरी दुख्छ अर्को पट्टी पाटो ।

थाहा छैन भाग्य होकी म आँफै हो दोसी,
हात खुट्टा छन् भाको छु लङ्गडो र लाटो ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।