Friday, April 8, 2011

''गजल''

अघि भर्खर यतै थियो फेरी कता सर्नु भयो
एक्लै भएँ म त यहाँ लौन लाज मर्नु भयो|

भन्नु हुन्थ्यो सँगै बसी मीठा मीठा कुरा गर्ने
अन्तै जानु रैछ किन झुटो कुरा गर्नु भयो|

देवी जस्तै बोली मेरो भन्नुहुन्थ्यो हजुरले त
सधैभरि झूट बोल्ने कुनचाही देवी पर्नु भयो|

यति चाँडै मेरो मनलाई निराशामा पार्नु रैछ
फेरी किन आशाका ति किरणहरु छर्नु भयो|

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।