Thursday, April 7, 2011

''गजल''


रुझेको परेली तरेर जानुभो
मनमा तिर्सना भरेर जानुभो

मधुर मुस्कान पहिलो भेटमा
प्रीतको नशा त्यो छरेर जानुभो

जुनेली रातमा मोहनी बातमा
शीतको थोपा झैँ झरेर जानुभो


लठ्ठिएँ बैशालु जवानी देखेर
बगैँचा दिलको चरेर जानुभो

सिरानी भिजाइ बसेथे कल्पिदै
नदेखे झै गरी सरेर जानुभो


भगवती बस्नेत, इजरायल 

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।