Thursday, April 7, 2011

''गजल''


जून तारा नझार भो,गगन चुमी छुन्छु म त
याद आए खोजी हेर,तिम्रै मनमा हुन्छु म त

बादल सरी उड्दा इच्छा,रोक्न पनि गार्‍हो हुने
त्यसैले त बाँची राख्ने,चोखो नाता चुन्छु म त

माया दियो लिनै सार्‍हो,बाहनाको जालो धेरै
बनाएर भात्काउनेको, मात्र नाम सुन्छु म त

बिगतले पिरोल्दा म, नदी सरी बग्छु कतै
त्यही जलले पीर ब्यथा,चोपलेर धुन्छु म त

सिउँदै जाँदा उध्री रह्यो,'प्रयास'जति गरेपनि
हार मानी छोड्ने छैन,फाट्या मुटु तुन्छु म त


इन्दिरा प्रयास, इजरायल 

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।