Friday, April 29, 2011

''गजल''

अनायसै तिम्रो माया मुटु भित्र गड्न थाल्यो

जति भुल्न खोज्छु त्यति झनै याद बढ्न थाल्यो।


तिमीसँग हुदाखेरी कहिलेकाही गरम हुन्थ्यो

अहिले एक्लै हुदाँ मन भित्रभित्रै डढ्न थाल्यो।


फोटो मात्रै हैन तिम्रो नाम पनि लिन्न भन्थे

यो मन फेरी तिम्रो बारे सबैकुरा पढ्न थाल्यो।

गर्न खोज्छु मनले एउटा तर अर्कै हुन जान्छ

तल झर्छु भन्थे तर खुट्टा माथि चढ्न थाल्यो।


तिमी लड्दा सहारा म तिम्रै हुँ नि भन्ने गर्थें

तर आज लरखराउँदै 'सुवास' नै लड्न थाल्यो ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।