Friday, May 6, 2011

''गजल''

चोट लाग्दा दुख्छ भन्थे बिना चोट दुख्न थाल्यो
सागरको बिचमापनि प्यासले मुख सुक्न थाल्यो।

सबै बाट टाढिएर यो संसारमा एक्लो हुदाँ
मलाई देखी पूर्णिमाको जून पनि लुक्न थाल्यो।

नियतीले छले पछि यस्तै हुन्छ होला सायद
आजकाल त सबैकुरा हातबाट चुक्न थाल्यो।

दिनभरि आकाशमा घामले पनि जिस्काउँदैथ्यो
रात पर्दा जूनले झन लुकी-लुकी थुक्न थाल्यो।

उसलाई भेट्दा मलाई हेर्दै बर्बराउँथ्यो के’के भन्दै
उसको मनले सोचेजति सबै कुरा पुग्न थाल्यो।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।